वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
४६ पटक हेरिएको
Shares
वन अध्यक्षको घरबाट भरुवा बन्दुकसहित हरिणको मासु बरामद

सारांश

  • डिभिजन वन कार्यालय सर्लाहीका अनुसार जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विकको घरबाट २ केजी र छिमेकी हरिनारायण महराको घरबाट १३ केजी हरिणको मासु बरामद भएको हो।
  • मासु बरामद भए पनि अध्यक्ष विक र महरा भने फरार छन्, र उनीहरूको खोजी भइरहेको छ।
  • वनकर्मीले महराको बारीबाट लुकाएर राखिएको भरुवा बन्दुक, नाल, र खुकुरी पनि बरामद गरेका छन्।

 

तस्विर: जनार्जन खत्री

८ कार्तिक, सर्लाही, हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलमा वनकर्मीको टोलीले बिहीबार विशेष सुराकीको आधारमा घर खानतलासी गर्दा भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ।

डिभिजन वन कार्यालय सर्लाहीका अनुसार जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विकको घरबाट २ केजी र छिमेकी हरिनारायण महराको घरबाट १३ केजी हरिणको मासु बरामद भएको हो। मासु बरामद भए पनि अध्यक्ष विक र महरा भने फरार छन्, र उनीहरूको खोजी भइरहेको छ। वनकर्मीले महराको बारीबाट लुकाएर राखिएको भरुवा बन्दुक, नाल, र खुकुरी पनि बरामद गरेका छन्।

बन्दुकमा टाढासम्म उज्यालो फाल्ने टर्चलाइट फिट गरिएकाले यसलाई वनजन्तुहरूको शिकारका लागि प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। बरामद हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, र वन कर्मचारीहरूको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ। यस घटनामा थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?