प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा तनाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १, २०८१
|
|
३२ पटक हेरिएको
Shares
प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा तनाव

सारांश

  • पशुपतिनाथ मन्दिर परिसरमा गएराति तनाब उत्पन्न भएको छ ।
  • कोटिहोम आयोजक विजयकृष्ण मूर्ति (विजय भण्डारी)लाई पक्राउ गर्न खोजिएको भन्दै पशुपतिमा राति तनाब उत्पन्न भएको हो ।
  • प्रहरीले पक्राउ गर्न खोजेको भन्दै विजयकृष्णले फेसबुकमा लाइभ गरेका थिए ।

१ भदौ, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा गएराति तनाब उत्पन्न भएको छ ।

कोटिहोम आयोजक विजयकृष्ण मूर्ति (विजय भण्डारी)लाई पक्राउ गर्न खोजिएको भन्दै पशुपतिमा राति तनाब उत्पन्न भएको हो । प्रहरीले पक्राउ गर्न खोजेको भन्दै विजयकृष्णले फेसबुकमा लाइभ गरेका थिए । आफूलाई पक्राउ गर्न गौशाला वृत्तबाट प्रहरी आएको उनले भिडियोमा दाबी गरेका छन् । उनले भड्काउ अभिव्यक्तिसमेत दिएका छन् । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेको लाइभ भिडियोमा देखिन्छ ।  उनीहरूले प्रहरीलाई तथानाम गालीगलाैज गरेका थिए । विजयकृष्णविरूद्ध ठगीकाे अभियाेग छ । तर, गौशाला प्रहरीले भने त्यस्तो ठूलो तनाब नभएको बताएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर शेखरकुमार शाहले गलत बुझाइका कारण सामान्य होहल्ला भएको बताए । ‘त्यस्तो ठूलो तनाब केही भएको होइन । मिस अन्डरस्ट्यान्डिङले सामान्य विवाद भएको हो,’ उनले भने ।

साउन १ गतेबाट शुरू भएको कोटिहोम शुक्रबार सकिएको हो ।  यसैबीच, भण्डारीको समूहले पत्रकार श्याम सुन्दर पुडासैनीमाथि हातपात गरेको छ । शुक्रबार मध्यरात पशुपतिमा भएको तनावको विषयमा रिपोर्टिङमा पुगेका उनीमाथि विजय भण्डारीको समूहले हातपात गरेको हो । पुडासैनीले आफूमाथि अराजक समूहले निगरानी गरिरहेको र त्यहाँको अवस्थाबारे फेसबुकमा लेख्नेबित्तिकै घेराबन्दीमा पारेर मञ्चमा उकालेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै