सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
  • शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
  • उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खाली भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए ।

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खाली भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए । उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ ।’ उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए । ‘एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो ।

माइक मैले दिएको हो भन्ने बेला छ ।’ उनले भने । उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे । उनले भने, ‘ एउटा कुरा सबैलाई चित्त दुखेछ सरोज बाँगेलाई टिकट दिएन भनेर क्या । यहाँ राष्ट्रिय सभामा । अब टिकट पायो भने जिताउनु होला नि फेरि है । अब उहाँले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है । राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न । अब जिताउन लाग्नुस् न । ‘ सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
लागू औषधसहित सुनसरीबाट पाँच जना पक्राउ
लागू औषधसहित सुनसरीबाट पाँच जना पक्राउ
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ : पर्यटनमन्त्री पाण्डे
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन