दाङमा गोरुले हान्दा एक जनाको मृत्यु
सारांश
- तुलसीपुर उपमहानगरपालिका-१७, जमेराका ७१ वर्षीय गहचा चौधरीको पानी खुवाउने क्रममा गोरुले हान्दा मृत्यु भएको हो ।
- गोरुले हानेर मंगलबार बेलुका घाइते भएका चौधरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि राति घर फर्केका थिए ।
- बुधबार बिहान उनको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

१४ फागुन, दाङ — तुलसीपुरमा गोरुले हान्दा बुधबार एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७, जमेराका ७१ वर्षीय गहचा चौधरीको पानी खुवाउने क्रममा गोरुले हान्दा मृत्यु भएको हो ।

गोरुले हानेर मंगलबार बेलुका घाइते भएका चौधरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि राति घर फर्केका थिए । बुधबार बिहान उनको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया