कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
१७ पटक हेरिएको
Shares
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी

सारांश

  • काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
  • आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ ७४२ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्।
  • उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन् ।

 

१६ मंसिर,  काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ ७४२ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्ट २८७ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ। यस्तै, नेकपा (एमाले)का उमेदवार बद्री बुढाथोकीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उमेदवार मदनप्रसाद दाहालले ५८ मत पाए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?