०८४ मा एमालेले एकल बहुमत ल्याउँछ: प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
०८४ मा एमालेले एकल बहुमत ल्याउँछ: प्रधानमन्त्री

सारांश

  •   नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने बताएका छन् ।
  • ललितपुरको गोदावरीमा आयोजित दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
  • उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ शक्तिलाई लक्षित गर्दै कटाक्ष पनि गरे ।

२० भदौ, काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने बताएका छन् । ललितपुरको गोदावरीमा आयोजित दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ शक्तिलाई लक्षित गर्दै कटाक्ष पनि गरे ।

आरीबाट घोप्ट्याएका केही तत्व छन् । उनीहरू अनेक अनेक गरिरहेका छन्’, उनले भने, ‘उनीहरू आरीबाट घोप्ट्याएपछि सकिन्छन् । तर एमाले भने बलियो शक्ति हो । लाखौँ कार्यकर्तासहितको दह्रो शक्ति हो ।’ ओलीले ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए । ‘०८४ मा एमालेले एकल बहुमत ल्याउनुपर्छ ।

हामी सबैजना मिलेर जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने यो सम्भव छ’, उनले भने, ‘हाम्रा पार्टी र जनवर्गीय संगठनका कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । ’ ओलीले आउँदो निर्वाचनमा कसैले धाधँली गर्न नसक्ने बताए । ‘हामी सरकारमा भएकाले दृढताका साथ धाँधली रोक्ने छौँ,’ उनले भने, ‘यदि धाँधली रोक्न सकेमा हाम्रो बहुमत आउँछ । हामी निर्णायक शक्ति बन्छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु नपरोस्’
‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु नपरोस्’
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड