दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

सारांश

  • पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
  • साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् ।
  • न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो ।

१९ असार, काठमाडौं ।

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

युट्युब मार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनी विरुद्ध मुद्दा दायर गरेको हो । हिल्टन होटलसँग सम्बन्धित भिडिओमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै उनी विरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य