ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
२३१ पटक हेरिएको
Shares
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् ।
  • बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए ।
  • उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे ।

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकारहरूले प्रश्न गर्ने गरेको उल्लेख गर्दै जनताले नै सरकारको मूल्यांकन गरिरहेको बताए ।

उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैलीप्रति आलोचना गरे ।

उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर मात्रै केही समय मनोरञ्जन लिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।

उनले भने, ‘पत्रकार भाइबहिनीहरूले बअक्सरप्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। तपाईहरु देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटोहरु आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ। नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन। सरकारको

व्यवहार अचम्मको छ । नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन।’

सरकारको अवस्थालाई उदाहरण दिँदै ओलीले उम्लिएको दूधसँग तुलना गरे । उनले दुई माना दूध एक पाथी जाने भाँडामा तताउँदा भरिएर पोखिए पनि त्यो वास्तविक रूपमा भरिएको नभई केवल उम्लिएको हुने बताए ।

‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? उम्लिएका छन् । दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ,’ओलीले भने ।

उनले सरकारका १०० दिनका काम पनि त्यस्तै ‘उम्लिएको’ अवस्थाजस्तो देखिएको दाबी गरे ।

अध्यक्ष ओलीले एमाले समाप्त भएको भन्ने टिप्पणीप्रति पनि आपत्ति जनाउँदै एमाले देश निर्माण र सफलताका लागि जन्मिएको पार्टी भएको बताए ।

‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन् । एमाले सकिन जन्मेको पार्टी होइन । यो त बढ्न, सफल हुन र देश बनाउन जन्मेको पार्टी हो,’ उनले भने ।

उनले एमाले कठिन परिस्थितिमा पनि अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै पार्टी नआत्तिने र नमात्तिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै
विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै
विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै
विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई