Press 4K
सोमबार, २६ आश्विन २०८३

कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
१५६ पटक हेरिएको
Shares
कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक

सारांश

  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी ममतामयी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ ।
  • बुधबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
  • मुख्यमन्त्री कार्कीकी आमाको २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो ।

२५ चैत, काठमाडौं ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी ममतामयी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । बुधबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मुख्यमन्त्री कार्कीकी आमाको २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगर स्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना पश्चात् फागुन २० गते डा. सन्तोष नेपालसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया समेत गरेको थियो ।

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको जानकारी चिकित्सकले दिएका थिए । उमेरजन्य कारणबाहेक अन्य जटिल स्वास्थ्य समस्या न्यून रहेको पनि बताइएको थियो । तर उपचारकै क्रममा आज झापा गौरादहस्थित आफ्नै निवासमा निधन भएको हो ।

कार्कीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
यसरी तयार गरेर न्युयोर्क पठाइयो राष्ट्रसंघमा प्रधानमन्त्री शाहले गर्ने भाषण, १४ मिनेटमा के–के बोल्दैछन्
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
दुईवटा संसदीय समितिको बैठक बस्दै 
दुईवटा संसदीय समितिको बैठक बस्दै 
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण ,33 जनाको मृत्युः हमास
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...