विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १०, २०८३
|
|
२३१ पटक हेरिएको
Shares
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् ।
  • आइतबार काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट सुरु गरिएको जानकारी दिएका हुन् ।
  • कार्यक्रममा मन्त्री पोखरेलले देशभरका २७ हजार सामुदायिक विद्यालयमा राज्यको लगानी भइरहे पनि नतिजामा एकरूपता नदेखिएको स्वीकार गरे ।

 

१० जेठ, काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् । आइतबार काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट सुरु गरिएको जानकारी दिएका हुन् ।

कार्यक्रममा मन्त्री पोखरेलले देशभरका २७ हजार सामुदायिक विद्यालयमा राज्यको लगानी भइरहे पनि नतिजामा एकरूपता नदेखिएको स्वीकार गरे ।
‘कुनै विद्यालयमा अत्यधिक स्रोत–साधन थुप्रिएको छ भने कुनै आधारभूत सुविधाबाट बञ्चित छन्। अब हामी पहुँचको भरमा होइन, वास्तविक आवश्यकताका आधारमा लगानी गछौं ।’

मन्त्रालयले अहिले सबै विद्यालयको भौतिक अवस्था, फर्निचर, स्मार्टबोर्ड, दरबन्दी र विद्यार्थी संख्याको विस्तृत अध्ययन गरिरहेको र सोही प्रतिवेदनका आधारमा ‘मास्टर प्लान’ बनाएर बजेट विनियोजन गरिने उनले स्पष्ट पारे ।

त्रिभुवन विश्वविद्यालयलगायतका आठवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रियालाई मन्त्री पोखरेलले विश्वविद्यालयलाई दलीय भागबन्डाबाट मुक्त गर्ने अभियानको रूपमा व्याख्या गरे ।
‘हामी विश्वविद्यालयलाई प्राज्ञिक र प्रोफेशनल बनाउन चाहन्छौँ। खुला प्रतिस्पर्धा मार्फत उपकुलपति छनोट गर्ने हाम्रो निर्णयले प्राज्ञिक क्षेत्रमा नयाँ उत्साह थपेको छ र कर्मचारी तथा प्राध्यापकहरूबाट हामीले सकारात्मक साथ पाएका छौं,’ उनले भने ।

मन्त्री पोखरेलले विद्यालयको पाठ्यक्रमलाई व्यवहारिक बनाउन कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम पुनर्संरचना भइरहेको र त्यसमा खेलकुदलाई अनिवार्य अंगका रूपमा राखिने बताए ।

साथै, अटिजम भएका विद्यार्थीहरूका लागि सातवटै प्रदेशमा छुट्टै अटिजम स्कुल स्थापना गर्ने र हालका सामुदायिक विद्यालयलाई नै ‘इन्क्लुसिभ’ बनाउने योजना अगाडि बढाइएको दिए ।

सामुदायिक र निजी विद्यालयमा भइरहेको भर्ना शुल्क र अन्य शीर्षकका लिइने शुल्कका बारेमा मन्त्री पोखरेलले गम्भीर चासो व्यक्त गरे ।
‘कानुनले तोकेभन्दा बढी शुल्क लिने कार्य गैरकानुनी हो । यसको अनुगमन र नियमनको जिम्मा स्थानीय तहको भएकाले महानगर र उपमहानगरका प्रमुखहरूसँग समन्वय गरिरहेका छौं’उनले भने ।

सार्वजनिक सुनुवाइमा मन्त्री पोखरेलले नागरिकका गुनासाहरूलाई सम्बोधन गर्न मन्त्रालयले ‘हल्टलाइन’ सेवा सञ्चालन गरेको र आफ्नो कार्यक्षेत्रभित्रका समस्याहरू समाधान गरिसकेको दाबी गरे ।

स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र खेलकुद क्षेत्रका समस्या हल गर्न आफू प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
आगामी आवको बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृ*त्यु, १४ जना घाइते
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृ*त्यु, १४ जना घाइते
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो