राजविराजको मलेठमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
राजविराजको मलेठमा आगलागी

सारांश

  • सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट हुँदा सो क्षति भएको हो ।
  • घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।

२६ असार,सप्तरी ।

सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। उहाँले आगलागीबाट घर र घरभित्र रहेको भाडा वर्तन, कपडा लाता, अन्नपात, नगद ४० हजार रुपैयाँ, र काठ समेत गरी दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको बताउनुभयो ।

विहान १० बजे भएको आगलागी प्रहरी उपरीक्षक गौतमकुमार केसीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, स्थानियबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
विमानस्थल पुगेरै हज यात्रीलाई बिदाई गरे मन्त्री यादवले
विमानस्थल पुगेरै हज यात्रीलाई बिदाई गरे मन्त्री यादवले
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी
सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको मृत्यु
सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको मृत्यु
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल
भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल