विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
  • ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
  • भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए।

२७ असोज, काठमाडौं।

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।ललितपुरमा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्युनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।

भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए। विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको गृहमन्त्रीको भनाइ छ। अर्यालले विपद् जोखिम न्युनीकरणका लागि पूर्व सूचकयन्त्र विस्तार गरिएको, समुदायमा आधारित जोखिम न्युनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिवृद्धि कार्यक्रम चलाइएको जिकिर गरे।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले समुदायलाई बलियो बनाउन सके विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताए। धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुुरु भइसकेको जानकारी दिँदै उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए। विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि संघ सरकारले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केही सहज भएको उल्लेख गर्दै उनले अब स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः दिउँसो चट्याङसहित वर्षाको सम्भावना
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह
महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह
संघीय संसदका चार समितिको बैठक बस्दै
संघीय संसदका चार समितिको बैठक बस्दै
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा  समस्या देखिएपछि काठमाडौँ फर्कियो
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख