आज बिहान ५:४५ मा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन । धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १५ सय मिटर मात्र थियो । सोमबार बेलुकादेखि नै धनगढीमा हुस्सु लगेर हवाई यात्रा प्रभावित भएको थियो । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तर आज राति र भोलि पश्चिम नेपालमा हल्का बादल लाग्ने सम्भावना छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद महर्जनले जानकारी दिइन् ।
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
सारांश
- पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ ।
- हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ ।
- हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो ।
२ पुस, काठमाडौं ।
पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया