प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
१९ पटक हेरिएको
Shares
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा

सारांश

  • नेपाल प्रहरीमा नायव महानिरीक्षक (डीआईजी) पदको रिक्त संख्या १० पुगेको छ ।
  • बढुवा सिफारिस समितिले ६ डीआईजीलाई ४ वैशाखमा प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेसँगै रिक्त डीआईजीको संख्या १० पुग्ने निश्चित भएको छ ।
  • अबको केही दिनमा बढुवा सिफारिस भएका ६ जनाले एआईजीको दर्ज्यानी चिन्ह पाएसँगै १० डीआईजी रिक्त रहन्छन् ।

 

७ वैशाख, काठमाडौं।

नेपाल प्रहरीमा नायव महानिरीक्षक (डीआईजी) पदको रिक्त संख्या १० पुगेको छ । बढुवा सिफारिस समितिले ६ डीआईजीलाई ४ वैशाखमा प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेसँगै रिक्त डीआईजीको संख्या १० पुग्ने निश्चित भएको छ । अबको केही दिनमा बढुवा सिफारिस भएका ६ जनाले एआईजीको दर्ज्यानी चिन्ह पाएसँगै १० डीआईजी रिक्त रहन्छन् ।

यसअघि ४ चैतबाट ४ डीआईजी खाली थिए । बढुवाका लागि राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृतहरु र प्रहरीमै भर्ना भएका टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । बढुवाको पहिलो नम्बरमा एसएसपी ओमबहादुर राना छन् । हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा कार्यरत छन् । उनीसहित राअविमा भर्ना भएर प्रहरीमा आएका १० जना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । रानासहित माधवप्रसाद श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, दिलिप सिंह देउवा ५ पुस २०५३ मा राअविमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।

बढुवाकै प्रतिस्पर्धामा रहेका राअविबाट आएका टोलीहरुमा दीपेन्द्र घर्ती क्षेत्री, दीपककुमार बस्नेत, विनोद घिमिरे, जयराज सापकोटा,सञ्जिव शर्मा दास र शारदाप्रसाद चौधरी छन् । क्षेत्री ७ जेठ २०५५ मा र बाँकी २०५४ मा राअविमा भर्ना भएर पछि प्रहरीमा स्थानान्तरण भएकाहरु हुन् । राअविबाट आएकारु पटक पटक विभिन्न विवादमा पर्दै आएको भन्दै प्रहरीमै भर्ना भएकाहरु उनीहरुलाई उछिनेर बढुवा हुने दाउमा छन् । यता राअविबाट आएको टोली भने आफूहरु सिनियर रहेको बताउँदै जसरी पनि बढुवा हुनुपर्ने लबिइङमा छन् । राअविको टोलीका साथै प्रहरीमै भर्नाका दुई ब्याचका टोलीहरु प्रतिस्पर्धामा छन् । जसमा १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका एसएसपी दीपक रेग्मी र सुदर्शन कोइराला पनि बढुवाको लाइनमा छन् । उनीहरु क्रमश एसएसपीको बरियतामा चार र सातौं नम्बरमा छन् ।

यो बाहेक ३ असार २०५६ प्रहरी निरीक्षकमा भर्ना भएकाहरु पनि बढुवाको प्रतिस्पर्धामा छन् । यो ब्याचका १५ जना डीआईजी बढुवाको प्रतिस्पर्धाका छन् । जसमा क्रमश जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत विश्व अधिकारी, अपराध अनुसन्धान विभागमा कार्यरत सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत शेखर खनाल, अबि नारायण काफ्ले, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण्बहादुर पल्लीमगर, तारादेवी थापा, प्रज्वल महर्जन छन् । डीआईजीले कमाण्ड गर्ने प्रदेश एक महिनादेखि एसएसपीको भरमा रिक्त डीआईजीमा बढुवा नहुँदा डीआईजीले कमाण्ड गर्ने प्रदेश प्रहरी कार्यालयहरु एक महिनादेखि एसएसपीको भरमा चलिरहेका छन् ।

डीआईजी विहीन हुनेहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय छन् । यी तीन वटै प्रदेशका डीआईजीहरु ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्द ४ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएयता उक्त प्रदेश डीआईजीबिहीन छ । कर्णाली प्रदेश पनि एक महिनाभन्दा बढी समयदेखि डीआईजीविहीन छ । कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई एआईजीमा बढुवा भएर प्रदेश समन्यव विभागमा हाजिर भएका थिए । त्यसयता कर्णाली प्रदेश डीआईजीबिहीन छ । केही दिनका लागि एआईजी बनाइएका भट्टराई पनि ३० वर्षे सेवा अवधिका कारण ४ चैतमा अनिवार्य अवकाशमा गएका थिए ।

गण्डकी प्रदेशका भोलाबहादुर रावल पनि ४ चैतमै अनिवार्य अवकाशमा गएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पनि डीआईजीबिहीन बनेको छ । अहिले गण्डकी प्रदेशको कमाण्ड एसएसपी महेन्द्र खड्काले गरिरहेका छन् । कर्णालीको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको कमाण्ड एसएसपी प्रकाश मल्लले गरेका छन् । अहिले एआईजी बढुवामा सिफारि भएका मध्ये चार जना समेत प्रदेशकै डिआईजीहरु हुन् । जसमा कोशीका राजन अधिकारी, मधेश प्रदेशका लालमणि आचार्य, बागमती प्रदेशका कृष्णहरि शर्मा पोखरेल र लुम्बिनी प्रदेशका दानबहादुर कार्की छन् । उनीहरु समेत एआईजीमा बढुवा भएपछि सबै प्रदेश डीआईजीबिहिन हुने अवस्था छ । जसकारण जतिसक्दो चाँडा डीआईजी बढुवा गरेर प्रदेश पठाउने तयारी गरिएको प्रहरी महानिरीक्षकको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल