भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १२, २०८०
|
|
२० पटक हेरिएको
Shares
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

  • भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.
  • एस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

१२ माघ, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो । मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?