मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
२०७ पटक हेरिएको
Shares
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन्।
  • शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
  •   मधेस सरकारमा सहभागी जनमत पार्टीले गएको वैशाख २२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

८ जेठ,  जनकपुर ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन्। शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ।  मधेस सरकारमा सहभागी जनमत पार्टीले गएको वैशाख २२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। विश्वासको मत सुनिश्चितताको लागि मुख्यमन्त्री यादवले हिजै प्रदेश सरकारमा एमालेलाई भित्र्याइसकेका छन्।  सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्रमा विश्वसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका प्रदेश सभा सचिवालयले जनाएको छ। एमालेलाई सरकारमा भित्र्याएका मुख्यमन्त्री यादवले उपेन्द्र यादव नेतृत्वको जसपाका तीन जना मन्त्रीलाई भने सरकारबाट बर्खास्त गरेका छन्।  अब कांग्रेस नेतृत्वको मधेस सरकारमा कांग्रेससँगै एमाले र नेकपा मात्रै सहभागी हुने भएका छन्।  तर, मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने समर्थन फिर्ता लिएका दलले पनि आफूलाई आज विश्वासको मत दिने दाबी गरेका छन्।  मधेस प्रदेश सभामा अहिले सबैभन्दा ठूलो दल जसपा नेपाल छ।  सभामा जसपाका २६ जना सांसद छन्।

त्यसैगरी नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२, नेपाल सङ्घीय समाजवादी र राप्रपा नेपालका एक/एक जना सांसद छन्।  मधेस सभाका दुई जना सांसद निलम्बनमा छन् भने चारजना प्रदेश सभा सदस्यले गत निर्वाचनको समयमा राजीनामा दिएकाले सो पद खाली छ।  मधेश प्रदेश सभा हाल १०३ सांसद बहाल छन्। मुख्यमन्त्री यादवलाई बहुमतका लागि ५२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। तर, कांग्रेस, एमाले र नेकपाका गरेर प्रदेश सभामा ६१ सांसद छन्।  यादव गएको मंसिर १९ गते मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए।  त्यतिबेला उनी एमाले बाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदले गरे समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित