एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
एनपीएल : आज विश्राम, मंगलबार यी २ खेल

सारांश

  • राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार विश्राम छ।
  • भोलि मंगलबार भने दुई खेल हुनेछन्।
  •   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन् भने अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

१५ मंसिर, काठमाडौं ।

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार विश्राम छ। भोलि मंगलबार भने दुई खेल हुनेछन्।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन् भने अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ। चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। यस्तै पोखरा र कर्णाली दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ। कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ। मंसिर १ देखि जारी प्रतियोगितामा हालसम्म १९ खेल सकिएका छन्। अहिलेसम्म  अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अंक जोडेर प्लेअफ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
गृहमन्त्री लेखकले राजीनामा दिने: कांग्रेसको निर्णय
गृहमन्त्री लेखकले राजीनामा दिने: कांग्रेसको निर्णय
यस्तो छ निर्वाचन आचारसंहिता
यस्तो छ निर्वाचन आचारसंहिता
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर
शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, शिक्षक चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर