शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
७४ पटक हेरिएको
Shares
शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार

सारांश

  • आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक भएको छ ।
  • शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।
  • शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सरकारको तर्फबाट वार्तामा सहभागी टोलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय सुनाएको हो ।

३० चैत, काठमाडौं ।

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक भएको छ । शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो । शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सरकारको तर्फबाट वार्तामा सहभागी टोलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय सुनाएको हो । क्याबिनेट र मन्त्रालयले गर्न सक्ने विषय राख्नुभयो ।

शिक्षा मन्त्रालयले आफ्ना शिक्षक कर्मचारीप्रती गर्न सक्ने कुरा रहेछ क्यारे । आजसम्म किन नगरेको रु शिक्षकका माग मन्त्रालयलाई थाहा छ । सोध्नै परेन नि ! वार्तामा सहभागी शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । सरकार र शिक्षक महासंघबीच बिहीवार र शुक्रबार वार्ता भएको थियो । शिक्षा मन्त्रालयका अधिकारीले पनि तत्काल शिक्षा मन्त्रालय र मन्त्रlपरिषद्बाट निर्णय गर्न सकिने विषयमा कुराकानी भएको बताएको छ । ‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन् । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । प्रक्रियामा छौं । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनु पर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ’, मन्त्रालयका एक अधिकारिले भने ।

मन्त्रालयले गर्न सक्ने काम गरिदिए आफूहरू ऐन निर्माणका लागि मात्र दबाब दिने बताउछिन् पराजुली । ‘मन्त्रालयले गर्न सक्ने कुरा गरिदिए बाँकी संसदले गर्ने कुरा त्यतातिर जोड गर्छौं । उपसमितिको छलफल अगाडि बढेको सुनेका छौं । हामीले चाहेको पनि त्यही हो। संसदको नियमित प्रक्रियाबाट हुन्छ कि के हुन्छ प्रक्रिया सुरुवात गरिदिएर टुंगो लगाए हामी किन सडकमा बसिरहन्छौं ?’ उनले भनिन् । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने उनले स्पष्ट पारिन । ‘सरकारको कुरा आन्दोलन रोक्नुस भन्ने छ । ऐन जारी नभएसम्म सडकमै बस्छौं’, उनले भनिन् । सरकारसँग अर्को वार्ता तय नभएको उनले बताइन् । २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छ्न् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो सरकारले चुनाव गराउँछ भन्नु भ्रम हो: शंकर पोखरेल
यो सरकारले चुनाव गराउँछ भन्नु भ्रम हो: शंकर पोखरेल
एमाले सभाका लागि र्‍याली सुरु
एमाले सभाका लागि र्‍याली सुरु
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग