लन्डनमा सुतेकै अवस्थामा मृ*त भेटिए नेपाली विद्यार्थी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
लन्डनमा सुतेकै अवस्थामा मृ*त भेटिए नेपाली विद्यार्थी

सारांश

  • लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ ।
  • एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए ।
  • युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।

२५ कात्तिक,  लन्डन ।

लन्डनमा एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डन एजवेयरमा निधन भएको उनीसँगै बस्ने मनोज कुँवरले जानकारी दिए । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ उत्तीर्ण गरेर भोलिपल्ट सर्टिफिकेट लिँदै थिए ।

रुम मेट मनोजले दिएको जानकारी अनुसार, सोमबार बिहान ९ बजेतिर योमनले ‘अलि अलि बिरामी छु, टाउको दुखेको छ र भमिट पनि भयो’ भनेका थिए । सायद खाना नपचेर होला भमिट भएको भन्ने सोचेर मनोजले पनि सामान्य रुपमै लिए । सोमबार दिउँसो ३ बजे योमन साथीसँगै सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा म:म: खान भनी निस्केका थिए । मनोजले राति ९:१९ बजे योमनलाई फोन गर्दा उनीहरु वाटरलु रहेछन् । पछि घर आएर राति ११ बजेतिर खाना बनाउन थाले योमन । मनोजकै भनाइमा, राति १२ बजेतिर खाना खाएर १:३० बजेतिर उनी र योमन एउटै कोठामा सुते । बिहान ७:४० को अलार्म बजेपछि मनोज उठे । तर, ८ बजे शुरु हुने कामका लागि ७ बजे नै निस्कने योमन उठेका थिएनन् । काममा जान ढिला भइसकेकाले मनोजले हात समाएर ‘योमन, उठ् काममा जान ढिला भयो’ भने, साथी बोलेन ।

मनोजले उनको हात चिसो रहेको महसुस गरे । ‘७:५० बजेसम्म पनि शरीरले कुनै प्रतिक्रिया नदिएको, श्वासप्रश्वास चाल पनि नभएको पाएपछि उनले तुरुन्त ७.५३ मा एम्बुलेन्सलाई फोन गरेँ,’ मनोजले भने । मेडिकल टिमको सुझाव अनुसार मनोजले तत्काल सिपीआर पनि गरेका थिए । ८ बजेतिर स्वास्थकर्मी आएर जाँच गर्दा सुगर लेभल २ मात्र थियो । सुगर लेभल ५.० पुग्ने बेलासम्म शरीरले सुगर लिएन अनि मंगलबार बिहान ९:३० बजे स्वास्थ्यकर्मीले मृत घोषणा गरे । मेडिकल टिमले पुलिस अनि पुलिसले पनि यो केस सिआइबीलाई ह्याण्डओभर गरिसकेको र उसले ‘नेचुरल डेथ’ भनेको मनोजले जनाए । फरेन्सिक टिमले प्रक्रिया पुरा गरेपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिनेछ । मनोज आफूसँगै बस्ने साथीको असामयिक निधनपछि विक्षिप्त छन् । ‘उसलाई स्वास्थ्य समस्या पनि थिएन, डिप्रेसनमा गएको पनि होइन । काम पहिला म्याक डोनाल्ड्समा गर्दथ्यो, पछि भिलेज होटलमा पाएको थियो’, उनले भने, ‘हेर्दाहेर्दै साथी अस्तायो, कल्पना पनि गर्न सकिरहेको छैन ।’

घटनास्थलमा रहेका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने जनाए । ‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौं’, अध्यक्ष पुडासैनीले भने, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन् । बसाइँ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि । उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ । हामी सबै यसमा लाग्न जरुरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
लागूऔषधसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय