‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
१९ पटक हेरिएको
Shares
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
  • शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको बताइन् ।

११ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको बताइन् ।

उनले भनिन्, ‘क्रान्तिपछि बनेको सरकारले संविधान संशोधनको पहल नगर्नु, जेनजी विद्रोहलाई बर्बर दमन गर्नु, तत्कालिन राज्य सञ्चालकहरुलाई कारवाहीको प्रक्रिया सुरु नगर्नुले शसकित मात्र बनाएको छैन सरकार क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको देखिन्छ ।’ उनले क्रान्तिको बलमा संसद् विघटन गरेर संसद भन्दा बाहिरबाट बनेको सरकारले क्रान्ति र सहादतमाथि बेइमानी गरेको बताइन् । ‘यो सरकार सडकमा तातो गोली खाएर ढलेका नव युवकको बलिदानीलाई अपमान गर्न उद्धत छ भन्ने आशंका बढाएको छ,’ उनले भनिन् ।

क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई नभएको भन्दै असफल राजनीतिक दलका नेताहरु पुन राजनीतिक कृयाकलापमा फर्किनु उचित नभएको बताइन् ।  ‘क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई छैन । सहिदका रगत सुक्न नपाउँदै र खरानी भएका संरचनाहरुमाथि टेकेर पुनः यिनै असफल राजनीतिक दलका नेताहरुले मुन्टो उठाउने ढृष्टता गर्नुले ऐतिहासिक बलिदानीमाथि उपहास गरेको आम मानिसको निष्कर्ष छ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा