Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
४० पटक हेरिएको
Shares
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
  • शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको बताइन् ।

११ असोज, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको बताइन् ।

उनले भनिन्, ‘क्रान्तिपछि बनेको सरकारले संविधान संशोधनको पहल नगर्नु, जेनजी विद्रोहलाई बर्बर दमन गर्नु, तत्कालिन राज्य सञ्चालकहरुलाई कारवाहीको प्रक्रिया सुरु नगर्नुले शसकित मात्र बनाएको छैन सरकार क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको देखिन्छ ।’ उनले क्रान्तिको बलमा संसद् विघटन गरेर संसद भन्दा बाहिरबाट बनेको सरकारले क्रान्ति र सहादतमाथि बेइमानी गरेको बताइन् । ‘यो सरकार सडकमा तातो गोली खाएर ढलेका नव युवकको बलिदानीलाई अपमान गर्न उद्धत छ भन्ने आशंका बढाएको छ,’ उनले भनिन् ।

क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई नभएको भन्दै असफल राजनीतिक दलका नेताहरु पुन राजनीतिक कृयाकलापमा फर्किनु उचित नभएको बताइन् ।  ‘क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई छैन । सहिदका रगत सुक्न नपाउँदै र खरानी भएका संरचनाहरुमाथि टेकेर पुनः यिनै असफल राजनीतिक दलका नेताहरुले मुन्टो उठाउने ढृष्टता गर्नुले ऐतिहासिक बलिदानीमाथि उपहास गरेको आम मानिसको निष्कर्ष छ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर
नेपाली क्रिकेट टिमकी अलराउन्डर पूजाले जितिन् यामाहाको स्कुटर
काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा। 
काठमाडौंमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा। 
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
बाजुराको बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु