एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३० पटक हेरिएको
Shares
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने

सारांश

  •      एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
  • सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज सम्झौता भएको हो ।
  • अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भयो ।

२ पुस, काठमाडौं ।    

एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज सम्झौता भएको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर भयो । यस्तो सहायता नीतिमा आधारित ऋणका रूपमा उपलब्ध गराइएको अर्थले जनाएको छ । यो ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यसपछि १.५ प्रतिशत रहने छ ।

ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे । कार्यक्रममा  सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारको स्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए । एडीबीका नेपाल निर्देशक कुश्वा तथा अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहने  भएको छ । यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणाम नतिजामुखी बनाउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु
रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार
आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार