दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता

सारांश

  •    तनहुँ सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि पानीको हाहाकार भएको छ ।
  •   व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ ।
  • धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारणको बिहानैदेखि लाइन लाग्ने गरेको व्यास नगरपालिका–३, देउरालीनगरका देव गजमेरले जानकारी दिए ।

१२ असार, तनहुँ ।  

तनहुँ सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि पानीको हाहाकार भएको छ ।  व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारणको बिहानैदेखि लाइन लाग्ने गरेको व्यास नगरपालिका–३, देउरालीनगरका देव गजमेरले जानकारी दिए ।

मंगलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भिड लाग्ने गरेको छ । उनले भने, ‘बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।’ मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छौँ । जिआइ पाइप जडानको काम भइरहेको छ । पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
चोरेको चेक साट्न गएका दुई जना बैंकबाटै पक्राउ
निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै
निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान