काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
काभ्रे पुगेका रोहिंगा शरणार्थीका ११ परिवार काठमाडौं फिर्ता

सारांश

  • वैशाख २२ गतेदेखि काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा बस्दै आएका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले फिर्ता पठाएको छ ।
  • कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
  • शरणार्थीहरू शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएका थिए ।

२४ वैशाख, काभ्रेपलाञ्चोक ।

वैशाख २२ गतेदेखि काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा बस्दै आएका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले फिर्ता पठाएको छ । कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

शरणार्थीहरू शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएका थिए । वडा अध्यक्ष मोहनप्रसाद लामिछाने सहित प्रहरी, जनप्रतिनिधि र स्थानीयले छलफल गरेर उनीहरूलाई फिर्ता पठाएका हुन् । ११ परिवारका बच्चा सहित ४४ जना रोहिंगालाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । ४९ जना शरणार्थीमध्ये ३ जना धुलिखेल अस्पतालमा छन् । एक जना शरणार्थी सुत्केरी रहेकाले उनको परिवार अस्पतालमा छन् । १ जना भने अध्ययनका लागि ललितपुर गएका थिए ।

प्रहरीका अनुसार केही समय पहिले वाल लगाउने कामको लागि बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेको टोलबाट काभ्रे आएका थिए । यस अघि रोहिंगा समुदायले पनौती नगरपालिका—३ कुशादेवीमा टहरा बनाएका थिए । केहीदिनमा नै स्थानीयले अवरोध गरे पछि उनीहरू ठाउँ छाडेर हिँडेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक
पत्र पाएपछि बयान दिन जाने-नजाने निर्णय गर्छु: रमेश लेखक
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
माधव नेपालविरुद्ध मुद्दा दायर भएपछि एकीकृत समाजवादीको आकस्मिक बैठक
बागमतीका १२२ करदाता कारबाहीमा
बागमतीका १२२ करदाता कारबाहीमा
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग पुनः बन्द
तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग पुनः बन्द
मतदानअघि एकसाथै देखिए ओली र पोखरेल
मतदानअघि एकसाथै देखिए ओली र पोखरेल
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी