Press 4K
मंगलबार, ३० भाद्र २०८३

संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २२, २०८२
|
|
४६ पटक हेरिएको
Shares
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
  • आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी)को पुरानो भनाइ सापट लिँदै नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि गरिएको टिप्पणीलाई दुर्भाग्यपूर्ण बताएका हुन् ।
  • उनले भूकम्प, कोरोना काललगायत विभिन्न विपद् र संकटमा नेपाली सेनाले राष्ट्रको खम्बाको रूपमा काम गर्दै आएको उल्लेख गर्दै त्यस्तो संस्थामाथि निकृष्ट आरोप लगाइनु उचित नभएको बताए।

 

२२ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी)को पुरानो भनाइ सापट लिँदै नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि गरिएको टिप्पणीलाई दुर्भाग्यपूर्ण बताएका हुन् ।

उनले भूकम्प, कोरोना काललगायत विभिन्न विपद् र संकटमा नेपाली सेनाले राष्ट्रको खम्बाको रूपमा काम गर्दै आएको उल्लेख गर्दै त्यस्तो संस्थामाथि निकृष्ट आरोप लगाइनु उचित नभएको बताए। उनले भने, ‘एमालेका नेता खड्गप्रसाद ओलीले त्यतिवेला भन्नुहुन्थ्यो–मलाई गोरु नांगिदा आश्चर्य मान्दिन’ भनेर म त्यही भनाई सापट लिन चाहन्छु । मेरो चित दुखाई माननीय राम बहादुर थापाले कटाक्ष गर्नेक्रममा मदन भण्डारीको गौरवशाली विरासत बोकेको पार्टीको प्रतिनिधित्व गर्दै नेपाली सेना जस्तो पवित्र संस्थामाथि गलत सोच्ने ठिक हुँदैन । भुकम्पमा होस् या कोरोनाकालमा होस् चाहे जुनसुकै विपतमा या संकटमा राष्ट्रको खम्बा बनेर उभिएको नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि जसरी निकृष्ट आरोप लगाउनुभयो यो असाध्यै दर्भाग्यपूर्ण छ ।

यसैबीच, सांसद महाविर पुनले नवनियुक्त सभामुख डिपी अर्यालले संसद सञ्चालन प्रभावकारी बनाउन आफ्नै सोच र निर्णय क्षमतामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, सांसद बब्लु गुप्ताले नियम र कानुनअनुसार भइरहेका कामलाई समर्थन गर्नुपर्ने बताए । सांसद शिशिर खनालले उपसभामुखको भूमिकामा रहँदा पार्टीलाई एकीकृत गर्न योगदान दिएको उल्लेख गर्दै डिपी अर्याललाई व्यवस्थापिकाको शीर्ष स्थानमा पुर्याउन योग्य पात्रका रूपमा प्रशंसा गरेका छन् । साथै, उनले आगामी दिनमा संसदमा अझ प्रभावकारी भूमिका देख्न पाइने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...