Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

सारांश

  • सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो÷कालो मरिच आयात गर्न अनुमति दिएको छ ।
  • सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो ।
  • अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो÷कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ ।

 

काठमाडौं ।

सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो÷कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो । अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो÷कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ । यो व्यवस्था सम्बन्धी सूचना सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको छ । सूचनाअनुसार औद्योगिक प्रयोजनका लागि आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको विस्तृत जाँचबुझ गर्नुपर्नेछ ।

आयात गर्नुपर्ने कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता, औचित्य र आवश्यक परिमाणको मूल्याङ्कन गर्नुका साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनमै प्रयोग भएको सुनिश्चित गर्नुपर्नेछ । उद्योग विभागले सम्बन्धित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएका मालवस्तु पैठारीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ स्थापना भएका उद्योगले उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) दर्ताको प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि तथा चालू आर्थिक वर्षमा सञ्चालन र उत्पादन गर्ने लक्ष्यसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ ।

त्यसैगरी, विगतदेखि सञ्चालनमा रहेका उद्योगले उद्योग दर्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक पत्र, भ्याट र प्यान दर्ताको प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र सञ्चालन अवस्थासम्बन्धी विवरण बुझाउनुपर्नेछ । पुराना उद्योगले चालू आवको सञ्चालन तथा उत्पादन लक्ष्यको स्वघोषणा, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, अघिल्लो आवमा कच्चा पदार्थ आयात गरेको भए त्यसको परिमाण, प्रयोगबाट भएको उत्पादन तथा बाँकी रहेको परिमाणसम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ