प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
५५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन् ।
  • बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए ।
  • ‘म माग गर्न चाहन्छु, उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ उनले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छ ।

३१ वैशाख, काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन् ।बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए ।

‘म माग गर्न चाहन्छु, उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ उनले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छ ।’ यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए । यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
आउँदो वर्षको एसिया कप टी-२० ढाँचामा, नेपाललाई देख्न नपाइने
११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला
११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
२५ अंक घट्यो सेयर बजार
२५ अंक घट्यो सेयर बजार