डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
४७ पटक हेरिएको
Shares
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा

सारांश

  •   डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ ।
  • भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ ।
  • गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

२ जेठ,कञ्चनपुर । 

डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ । गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो ।

“एउटा डिप ट्युबेलको क्षमता ६० बिघा जग्गामा सिँचाइ गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “चारवटा डिप ट्युबेलबाट २४० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ ।” डिप ट्युबेलमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारीखेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न निकै सहज भएको छ । सो सुविधाले समयमै धान, तोरी, मसुरो र गहुँबाली किसानले लगाउन पाएका छन् । बालीको उत्पादकत्व विगतको तुलनामा निकै वृद्धि हुँदै गएको किसानहरुको भनाइ छ । “

विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नु पर्दथ्यो”, केराखेती गर्दै आउनुभएका मोहन रानाले भन्नुभयो, “सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँ, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौँ ।” सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा निकै वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताउनुभयो । उहाँका अनुसार डिप ट्युबेल जडानबाट ४०० बढी किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
यस्तो हुन्न के ‘राइट टु रिकल’ !
यस्तो हुन्न के ‘राइट टु रिकल’ !
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु