प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२० पटक हेरिएको
Shares
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही

सारांश

  • अहिलेको व्यवस्था असफल भइसकेकाले निकास नदिने उनले बताए ।
  • मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद साहीले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जान प्रस्ताव गरेका हुन् ।
  • ‘साँच्चिकै देश बनाउने दम तपाईँहरूमा छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस्, हामी समर्थन गर्छौं, अनि चुनाव लडेर आऔं, जितौं न,’ शाहीले भने ।

२५ भदौ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भइसकेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान प्रस्ताव गरेका छन् ।अहिलेको व्यवस्था असफल भइसकेकाले निकास नदिने उनले बताए । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद साहीले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जान प्रस्ताव गरेका हुन् । ‘साँच्चिकै देश बनाउने दम तपाईँहरूमा छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस्, हामी समर्थन गर्छौं, अनि चुनाव लडेर आऔं, जितौं न,’ शाहीले भने ।संविधान काटकुट गरेर आफैं प्रधानमन्त्री र मन्त्री बन्ने व्यवस्थाले निकास नदिने उनले दाबी गरे

‘बनाइएको छ स्वास्थ्यमन्त्री स्वास्थ्यको स थाहा छैन, कानूनमन्त्री बनाइएको छ कानूनको क थाहा छैन,’ शाहीले भने, ‘तपाईँहरूसँग दुईतिहाइको संख्या छ, संविधानमा जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी व्यवस्थामा जानुभयो भने यो भन्दा उत्तम प्रजातान्त्रिक व्यवस्था अर्को हुन सक्दैन ।’ शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था भए अहिलेका प्रधानमन्त्री र दलका नेतासँग चुनाव लड्न तयार रहेको बताए । फरक प्रसंगमा सांसद शाहीले लाखौं नेपाली रहेको अमेरिकाको टेक्ससमा काउन्सिलर अफिस खोल्न सरकारको ध्यानाकर्षण गरे

नेपालका राष्ट्रप्रमुखको राजकीय भ्रमणको बेला अमेरिकाले नेपाललाई ठूलो महत्त्व दिएको स्मरण गर्दै उनले भने– ‘सन् १९६० र ०६७ मा नेपालका तत्कालीन राजा महेन्द्रले अमेरिकाको राजकीय भ्रमण गर्दा राष्ट्रपतिले स्वागत गरेको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जाँदा कसले स्वागत गर्छ ? आखा चियाएर हेर्न मन छ, नेपालको इज्जत कहाँ छ, त्यो दिन देख्न मन छ मलाई ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राससका पूर्वअध्यक्ष बस्नेतको निधन
राससका पूर्वअध्यक्ष बस्नेतको निधन
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
१०५ किलो गाँजासहित युवक पक्राउ
१०५ किलो गाँजासहित युवक पक्राउ
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य
शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली