चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह

सारांश

  •   ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
  • प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गर्दै तत्काल फिर्ता गर्न आग्रह गरेको हो ।
  • यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ ।

५ असोज, काठमाडौं । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गर्दै तत्काल फिर्ता गर्न आग्रह गरेको हो ।

यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ । उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री, मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
मधेशका मुख्यमन्त्री सरोज यादवले दिए राजीनामा
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु