मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
४८ पटक हेरिएको
Shares
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

सारांश

  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् ।
  • चितवन क्षेत्र नं.
  • ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् ।

१७ चैत, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् । चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज चितवन क्षेत्र नं. ३ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुग्ने सौभाग्य मिल्यो।

विक्रम बाबा मेला, थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्परा, आज सबैको साझा धार्मिक उत्सव बनेको छ ।’ उनले विक्रम बाबा मेला समयसँगै सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकसित भएको बताइन् । उक्त अवसरमा मन्त्री गौतमले सालको रुखको फेदमा पूजा अर्चना गरेकी थिइन् । उनले रुख, वन र नदीजस्ता प्राकृतिक स्रोतहरू मानव अस्तित्वका आधार रहेको उल्लेख गर्दै प्रकृति पूज्ने परम्पराले संरक्षणको भावना अभिवृद्धि गर्ने बताइन् । उनले थप लेखेकी छन्, ‘मैले पनि आज सालको रूखको फेदमा पूजा गरे । रुख, वन र नदी हाम्रा प्राकृतिक स्रोतसँगै हाम्रो अस्तित्वका आधारहरू पनि हुन्, र प्रकृति पूज्ने परम्पराले प्रकृति जगेर्नाको भाव प्रवद्र्धन गर्छ । विक्रम बाबाको आशीर्वादले लोककल्याण होस्, नेपाल र नेपालीको कल्याण होस् ।’ मन्त्री गौतमले विक्रम बाबाको आशीर्वादले समग्र जनताको कल्याण, देशको समृद्धि तथा नेपालीहरूको हित हुने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
मौसम पूर्वानुमान : देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
म्याग्दीमा भूकम्पको धक्का
म्याग्दीमा भूकम्पको धक्का
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी