Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना

सारांश

  • उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।
  • विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् ।
  • नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।

 

काठमाडौं ।

उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।
‘मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ ।

संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ ।’ आफूले गाडी बुझाएको विषयलाई लिएर राजीनामा दिएको भनी समाचार लेखिएकोप्रति उनले आपत्ति जनाइन् । ‘गोरखापत्र, केही अनलाइनहरूले राजीनामा दियो भनेर लेखे । आफ्नै देशका सञ्चारमाध्यमले यस्तो लेख्दा मलाई लाज लागिसक्यो,’ उनले भनिन् । उपसभामुख रानामगरले सरकारले गर्न नसकेको काम आफूले गर्दा पनि त्यसलाई ‘तमासा’ बनाउने प्रयास भइरहेको आरोप लगाइन् । जनतालाई राम्रो सन्देश दिनका लागि गाडी बुझाएको भएपनि आफूले सुरुवातीमा पदभार ग्रहण गरेकै बेला प्रयोग गरिरहेको जस्तै अवस्थामा गाडी फिर्ता गर्न दबाब दिइएको उनले बताइन् । उनले भनिन्, ‘जसको घर नै यहाँ छैन, केही गर्दा त्याग नै गरेको हुँ । तर मैले सरकारले गर्न नसकेको काम गरिरहेको छु । बालबच्चाहरुका लागि नेपालभरी बस्ने घर बनाएको छु, स्कुल बनाइदिएको छु । यत्रो स्कुलहरु चलाइदिएको छु, सरकारले नगरेको काम मैले गरेको छु । तर पनि मलाई तमासा बनाउने काम भयो । कस्तो देश होला ?मलाई पीडा भएको छ तर पीडा पोख्दिन । तर जति मलाई पीडा दिन्छन् उत्तिकै चट्टान बनेर उभिन्छु ।’ उनले आफूले देशभर बालबालिकाका लागि आवास, विद्यालय निर्माण र विद्यालय सञ्चालनजस्ता काम गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर आलोचना गरिनु दुःखद भएको बताइन् ।

संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म कायम रहने व्यवस्था रहेको उल्लेख गर्दै रानामगरले सोही प्रावधानअनुसार राजीनामा नदिई सरकारी सुविधा मात्रै नलिएको स्पष्ट पारिन् । उनले भनिन्, ‘नेपालको संविधानको धारा ९१ ले सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म रहने भनेको छ । तर कानुनले यस्तो अवस्थामा पदावधी सकिने भनेर स्पष्ट भनेको छैन । सोही अनुसार मैंले राजीनामा नभइ सुविधा चाँही नलिएको हो । जनतालाई राम्रो सन्देश दिन खोजेको हुँ । तर गाडी बुझाउँदा पनि जस्तो लगेको हो, त्यस्तै गाडी बुझाउने भनेका छन् । म सँग गाडी बनाउने पैसा छैन् । तर केही शक्तिहरु मिलेर दबाउन खोजिँदैछ ।’ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक तर्फको मनोनयन दर्ता हुँदैछ । नेपालको संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल ‘प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुने दिनसम्म’ कायम रहने उल्लेख छ । उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उनले सेवा–सुविधा त्यागेको बताएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे