सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
१५ पटक हेरिएको
Shares
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी

सारांश

  •   सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ ।
  • सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान हुनेछ ।
  • सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो ।

२७ चैत, काठमाडौं । 

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान हुनेछ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने तीन क्याम्पसमा सर्वसम्मत  स्ववियु नेतृत्व चयन भइसकेको छ ।

कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । केन्द्रीय क्याम्पसमा तालाबन्दी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने तालबान्दी छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनले १८ चैत उम्मेदवारी दर्ताको अघिल्लो दिन तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

डेढ दशकअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन ।तीन क्याम्पसमा सर्वसम्म सुदूरपश्चिम विश्वविद्यालयका तीन आंगिक क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन भएको छ । बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया सभापतिमा सर्वसम्मत चयन भएका छन् । त्यहाँ  उपसभापति र सचिव नेविसंघका छन् । यस्तै बाजुराकै बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सविन रावत निर्विरोध निर्वाचित भएका छन् ।डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलै निर्विरोध निर्वाचित भएको छ । स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर, उपसभापतिमा मनिषा कुमारी भट्ट (रोस्यारा), सचिवमा ललितबहादुर साउद, सहसचिवमा लक्ष्मीकुमारी विक, कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
माओवादी स्थायी समितिको बैठक बस्दै
माओवादी स्थायी समितिको बैठक बस्दै