राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १, २०८१
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत

सारांश

  • नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।
  • मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।
  • ती नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ ।

१ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । यस्तै प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न पनि आफू सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
मोटरसाइकल दु*र्घटनामा प्रहरी सहायक हबल्दारको मृ*त्यु
मोटरसाइकल दु*र्घटनामा प्रहरी सहायक हबल्दारको मृ*त्यु
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
छोरा भेट्न भारत गइरहेको दम्पतीको दुर्घटनामा मृत्यु, सँगैका बालक पनि रहेनन्
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
चन्द्रमाको माटो प्रयोग गरेर पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएकाे चिनियाँ वैज्ञानिककाे दाबि
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल