पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व

सारांश

  • पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रूपैयाँ संकलन गरेको छ।
  • कार्यालयले चालु आवको ११ महिनामा पाँचथरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रूपैयाँ रकम खर्चिएको छ।
  • आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ।

११ असार, काठमाडौं ।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रूपैयाँ संकलन गरेको छ। कार्यालयले चालु आवको ११ महिनामा पाँचथरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रूपैयाँ रकम खर्चिएको छ। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए।

त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रूपैयाँ रकम प्राप्त भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ।त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रूपैयाँ संकलन गरेको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड संकलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।

चालु आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड राजस्व संकलन भएको छ। सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, श्रृंगारका सामान आयातबाट दुई अर्ब ५२ करोड रूपैयाँ, प्लाष्ट्रिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड रूपैयाँ तथा अन्य लुब्रिकेटङ आयलको आयातबाट दुई अर्ब १९ करोड रूपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?