हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत

सारांश

  • नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।
  • बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् ।
  • ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर ।

२२ असोज, काठमाडौं ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो । त्यसको भोलिपल्ट बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन् । दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।

अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो । यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं । हामी दूधले नुहाएको भनेका पनि छैनौं । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’ जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए । ‘भोलि पार्टीका महत्वपूर्ण नेताहरुले धारणा राख्नुहुन्छ । २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ । यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी बन्दैछ इलाका प्रहरी कार्यालय इटहरीको ‘कामचलाउ’ भवन
यसरी बन्दैछ इलाका प्रहरी कार्यालय इटहरीको ‘कामचलाउ’ भवन
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
धुम्बाराहीमा इभी बसमा आगलागी
धुम्बाराहीमा इभी बसमा आगलागी
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ
डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल
प्रधानमन्त्रीले देउवा र ओलीसँग गरे छलफल
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने