राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् ।
  • उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे ।
  • राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।

११ भदौ , लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् ।उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन् ।तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजिरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ । विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।उनका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ । यस वर्ष भगवती र अमननारायणको रथ निकाल्ने तिथि एकैदिन परेको छ । भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमापछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ । भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिए । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ । कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
भारतीय वायुसेनाको विमान प्रशिक्षणका क्रममा दु*र्घटना
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
दोलखा केन्द्रविन्दु भएर भूकम्प
दोलखा केन्द्रविन्दु भएर भूकम्प
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
टहरामा सुतेका दिदी बहिनीको ढुङ्गा लागेर मृ*त्यु
टहरामा सुतेका दिदी बहिनीको ढुङ्गा लागेर मृ*त्यु
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
एमाले महाधिवेशन : १४०० बढीले लिए मनोनयन फारम
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने