गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र   ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् ।
  • सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन् ।
  •   उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ ।

२० कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र   ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन् ।  उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ । त्यो सुधार पार्टी भित्र हुन्छ ।

पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ ? र शुद्ध भएको जागरित भएको पार्टीले सरकारका काममा कसरी सुधार ल्याउछ ?’ नेता थापाले जेनजी आन्दोलनमार्फत युवाहरुले नेपाली कांग्रेसको मूल्य–मान्यता अनुरुप व्यवहार कार्यशैली नभएको भनी प्रश्न उठाएको बताए ।थापाले विगतमा गल्ती गरेको स्वीकार गर्दै अब अविधेशनबाट नयाँ संकल्प र  योजनाहरु बनाउनुपर्ने बताए ।

‘हिजो हामीले पनि गल्ती र कमजोरी गर्यौ । अव नगर्ने के छ ?भ्रष्टाचारको कुराबाट समाजलाई वा संस्थाहरुलाई कसरी अलग गर्छौ  ? तमाम् विषयहरुका सन्दर्भमा हामीले आफूले हाम्रो अविधेशनबाट संकल्प गर्नुपर्नेछ, हाम्रो योजनाहरु बनाउनुपर्नेछ,’उनले भने । उनले नेपाली कांग्रेस पावससँग जोडिएको पार्टी नभएको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
दुर्गा प्रसाईं फेरी पक्राउ
दुर्गा प्रसाईं फेरी पक्राउ
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही शुरु, चितवन बाट ६ जना नियन्त्रणमा
यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही शुरु, चितवन बाट ६ जना नियन्त्रणमा
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो