कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला

सारांश

  • नेपाली कांग्रेसका सांसद डा.
  • शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा भएको टिप्पणी गरेका छन् ।
  • शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताए ।

२४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा भएको टिप्पणी गरेका छन् । शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताए । कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै उनले मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए ।

‘अत्यन्तै अप्ठेरो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन,’ उनले भने, ‘कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ।’ नेता कोइरालाले अराजकता रोक्न कांग्रेसले मात्रै सक्ने तर्क गरे । ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ।’ उनले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको जिकिर गरे । ‘सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ।

नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन,’ उनले भने, ‘यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस् ।’ नेताले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त,’ उनले भने । एमालेले गलत काम गरिरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताए । ‘भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ,’ उनले भने, ‘ गलतलाई गलत भन्न सकेनन् भने ती  कांग्रेसका कार्यकर्ता होइनन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ
वीरगञ्ज नाकाबाट ५ खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात
वीरगञ्ज नाकाबाट ५ खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
राजस्वका कर्मचारीको कार्यसम्पादनप्रति अर्थमन्त्रीको असन्तुष्टी
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना