Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ

सारांश

  • प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिमसहित १ जना पक्राउ गरेकाे छ ।
  • आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटाैँडा-१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.
  • प्र.

 

७ वैशाख, हेटाैँडा ।

प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिमसहित १ जना पक्राउ गरेकाे छ । आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटाैँडा-१९ नेवारपानीस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुवाहक बसका यात्रु चितवन राप्ती नगरपालिका ११ चितवनका २५ वर्षीय

बाबुराम तामाङलाई पक्राउ गरेकाे हाे । सवारी चेकजाँच गर्ने क्रममा शङ्का लागि खानतलासी गर्दा निज तामाङले तिन वटा पोकामा ५ किलो ९४० ग्राम ला.औ. अफिम झोलाभित्र लुकाएर ल्याएकाे अवस्थामा फेला पारेकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । तामाङमाथि थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ । यसैगरि प्रहरीले लागुऔषधसहित अर्का एक युवकलाई पनि पक्राउ गरेको छ ।

हेटौँडा-१५ पिपलबोटस्थित पूर्व-पश्चिम लोकमार्गमा ना ६३ प ४८७ नं. को मोटरसाइकलमा सवार हेटाैँडा ४ हुप्राचौरका १९ वर्षीय विशाल सार्कीलाई ३ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेकाे प्रवक्ता अर्यालले जानकारी दिए । बिशालले मोटरसाइकलकाे अगाडीको चक्कामा कभर राखी उक्त कभर भित्र प्लाष्टिकमा लुकाएर ल्याएकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही
सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी
सामान्य वर्षामै जलमग्न हुन्छ सिरहाको सुखीपुर स्वास्थ्य चौकी
भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,
भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु,
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक