कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक

सारांश

  • नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
  • सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।
  • निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ ।

२६ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ,’ उनले भने, ‘म के आग्रह गर्न चाहन्छु भने अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा कांग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’

वर्तमान सरकारको गठन र संसद् विघटनलाई संवैधानिक र लोकतान्त्रीकरणका लागि निर्वाचन र संसद् पुनर्स्थापना गरी दुई वटा विकल्प भए पनि कांग्रेस संसद् पुनर्स्थापनातिर जान नहुने लेकको भनाइ थियो । ‘अहिले हामी संसद् विघटन अथवा यो सरकारको गठन असंवैधानिक र अलोकतान्त्रिक हो भनिरहेका छौँ,’ उनले भने, ‘यसलाई संविधानसम्मत र लोकतान्त्रीकरण गर्ने दुई वटा उपाय छन्, एउटा निर्वाचन, अर्को पुनस्र्थापना । तर, कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ केन्द्रीय सदस्य लेखकले महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले बैठकमा गरेका दुवै प्रस्तावलाई मिलाएर एउटा कार्यतालिका बनाएर जानुपर्ने पनि बताए । ‘विशेष महाधिवशेनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि कुनै न कुनै विकल्प निकालौँ,’ उनले भने, ‘अथवा दुई वटा क्यालेन्डर आएको छ, दुईवटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जानेतिर काम गरौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश
वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा