पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै

सारांश

  •   पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ।
  • विद्युतीय अपराध ऐनविपरीतको कसुरमा पत्रकार पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सोमबार (आज) सुनुवाइ सकिएको हो।
  • निवेदनमाथि अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकाएको हो।

२ असार, काठमाडौं । 

पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ। विद्युतीय अपराध ऐनविपरीतको कसुरमा पत्रकार पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सोमबार (आज) सुनुवाइ सकिएको हो। निवेदनमाथि अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकाएको हो।

पाठकले काठमाडौंको पाँचतारे हिल्टन होटलसँग सम्बन्धित एक भिडियो सामग्री बनाएका थिए। त्यसविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो। त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तर्गतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो। त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो। उक्त निवेदनमा सुनुवाइ सकिएको हो। आदेश आउन भने बाँकी छ। निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझीसहित १० जनाको रिटमा सुनुवाइ हुँदै
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन