दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

सारांश

  • नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको दोस्रो टी– २० अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।
  • नेपालले बिहीबार सम्पन्न खेल ७३ रनले गुमायो ।
  • श्रीलंकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४९ मात्रै बनायो ।

८ माघ, काठमाडौं ।

नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको दोस्रो टी– २० अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।नेपालले बिहीबार सम्पन्न खेल ७३ रनले गुमायो । श्रीलंकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४९ मात्रै बनायो ।  नेपालका लगि करण केसीले अविजित ४१, लोकेश बमले २५, कप्तान रोहितकुमार पौडेलले १८, गुल्शनकुमार झाले १७ र सोमपाल कामीले १७ रन बनाए ।

श्रीलंकाका लागि नुवान तुसाराले ३, चमिका करुणारत्ने र मादी हेमन्थले २–२ तथा ट्राभिन म्याथ्यु, दुलाज समुदिथा र गरुका संकेथले १–१ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि लाहिरु उदाराले ९३, साहन अरचिगेले अविजित ५५, लासिथ क्रुस्पुलले ५३ र निरोशन डिकवेलाले १३ रन बनाए ।  नेपालका लागि कुशल भुर्तेल र नन्दन यादवले २–२ तथा करण केसीले १ विकेट लिए ।  पहिलो खेलमा नेपाल ६विकेटले पराजित भएको थियो । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छ : सभामुख घिमिरे
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फर्कँदै
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई