Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
५५ पटक हेरिएको
Shares
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

सारांश

  • नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको दोस्रो टी– २० अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।
  • नेपालले बिहीबार सम्पन्न खेल ७३ रनले गुमायो ।
  • श्रीलंकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४९ मात्रै बनायो ।

 

८ माघ, काठमाडौं ।

नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको दोस्रो टी– २० अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।नेपालले बिहीबार सम्पन्न खेल ७३ रनले गुमायो । श्रीलंकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४९ मात्रै बनायो ।  नेपालका लगि करण केसीले अविजित ४१, लोकेश बमले २५, कप्तान रोहितकुमार पौडेलले १८, गुल्शनकुमार झाले १७ र सोमपाल कामीले १७ रन बनाए ।

श्रीलंकाका लागि नुवान तुसाराले ३, चमिका करुणारत्ने र मादी हेमन्थले २–२ तथा ट्राभिन म्याथ्यु, दुलाज समुदिथा र गरुका संकेथले १–१ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि लाहिरु उदाराले ९३, साहन अरचिगेले अविजित ५५, लासिथ क्रुस्पुलले ५३ र निरोशन डिकवेलाले १३ रन बनाए ।  नेपालका लागि कुशल भुर्तेल र नन्दन यादवले २–२ तथा करण केसीले १ विकेट लिए ।  पहिलो खेलमा नेपाल ६विकेटले पराजित भएको थियो । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा
बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा
शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से
शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से
आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?
आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने