डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
९१ पटक हेरिएको
Shares
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी

सारांश

  • शहीद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति बदर लगायत विभिन्न ७ बुँदे माग राखेर गत बिहीबार देखी सत्याग्रहमा बसेका डा.
  • गोविन्द केसी र सरकारबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी छ ।
  • वार्ता सहमति नजिक पुगे पनि आइतबार हस्ताक्षर हुन सकेन ।

 

धनगढी ।

शहीद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति बदर लगायत विभिन्न ७ बुँदे माग राखेर गत बिहीबार देखी सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी छ । वार्ता सहमति नजिक पुगे पनि आइतबार हस्ताक्षर हुन सकेन । आइतबार दिनभरि दुई पक्षबिच वार्ता भए पनि सहमति भने नभएको डा. केसीका तर्फबाट वार्तामा बसेका डा. अमृत जैसीले बताए ।  वार्ता सहमति नजिक पुगेर टुंगिएको छ,’ जैसीले भने, ‘आज (सोमबार) थोरै गृहकार्य गरे पछि टुंगिनसक्छ ।’

उनले के–के विषयमा सहमति भयो भन्ने विषयमा खुलाएका छैनन् । तर स्वास्थ्य क्षेत्रको सुधारका लागि सहमति महत्त्वपूर्ण उपलब्धि हुने जैसीको भनाई छ ।  गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले छिटो गति लग्नुपर्छ भन्ने डा। केसीको चाहाना हो,’ जैसीले भने, ‘यो सहमतिले त्यसलाई पुरा गर्ने छ, अन्य विषयमा पनि सरकार गम्भीर बनेको छ ।’  आइतबार भएको छलफल पछि दुई पक्ष लगभग सहमतिमा पुगे पनि सरकारका तर्फबाट केही थप समय चाहिने जानकारी आएकाले हस्ताक्षर हुन नसकेको जैसीको भनाई छ ।’  आइतबार दुई पक्षबिच भएको सहमति प्रधानमन्त्री र स्वास्थ्य मन्तालयमा पठाइएको जनाइएको छ । प्रधानमन्त्री कार्यालयबाट अन्तिमरूप दिएपछि सहमति पत्रमा हस्ताक्षर हुने छ ।  स्रोतका अनुसार शहीददशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका रजिस्ट्रार डा। भीमबहादुर चन्दलाई बर्खास्त गर्ने विषयमा सरकार र केसी पक्षविच् सहमति हुन सकेको छैन । केसीले चन्दको बर्खास्ती अनिवार्य शर्त राखेका छन् । सो विषयमा सरकारका प्रतिनिधिले मात्र सहमति गर्न नसकेपछि सोको ड्राफ्ट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय पठाइएको हो । उप कुलपति प्रा। डा। सुनिलकुमार जोशीको हकमा भने केसी नरम देखिएका श्रोतको भनाई छ ।

डा. केसीले बिहीबार धनगढी स्थित श्रीकृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि केसीलाई शनिबार सेती प्रादेशिक अस्पतालको आइसियुमा राखिएको हो । आइतबार केसी र सरकारी टोलीबिच सेती प्रादेशिक अस्पतालमै वार्ता भएको हो । डा. केसीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाएर नयाँ नियुक्ति गर्नुपर्ने पहिलो माग राखेका छन् । चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार विना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने माग अघि सारेका छन् । चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी ऐनका कानुनी प्रावधानहरू कार्यान्वयन गरिनुपर्ने केसीको तेस्रो माग रहेको छ । यस्तै विगतका सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्नुपर्ने भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी द्धोषिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायतका माग केसीले अघि सारेका छन् ।  उनले विकट क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य अधिकार कटौती गर्ने प्रयास भएकाले त्यसको खबरदारी आवश्यक रहेको उनको अर्को माग रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त