आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने सम्भावना

सारांश

  • मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने भएको छ।
  • मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।
  • जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभरमा अध्यधिक वर्षा हुने सम्भावना रहेको हुनाले सतर्क रहन अनुरोध गर्नुभयो।

१० असोज, काठमाडौंमंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभरमा अध्यधिक वर्षा हुने सम्भावना रहेको हुनाले सतर्क रहन अनुरोध गर्नुभयो। यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि शनिवारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?