एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
११ पटक हेरिएको
Shares
एक घण्टामा साढे तीन अर्बको सेयर बारेबार

सारांश

  • धितोपत्र दोस्रो बजार मापक नेप्से बढेसँगै सोमबार उच्च मूल्यको सेयर कारोबार भएको छ ।
  • कारोबार खुलेको एक घण्टामा तीन अर्ब ५५ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
  • यो अवधिमा ६९ लाख ७१ हजार ५६५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से बढेसँगै सोमबार उच्च मूल्यको सेयर कारोबार भएको छ । कारोबार खुलेको एक घण्टामा तीन अर्ब ५५ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो अवधिमा ६९ लाख ७१ हजार ५६५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो अवधिमा १८३ कम्पनीको सेयर मूल्य बढेको छ । ५५ कम्पनीको सेयर मूल्य घटेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता पाँच हजार ५४९ रुपैयाँ ५० पैसा कायम भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक घण्टाको अवधिमा ८.५९ प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ