Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
५६ पटक हेरिएको
Shares
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना

सारांश

  •   राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएको छ ।
  • राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले गएको चैत २४ मा अवकाश पाएपछि सरकारले रिक्त गभर्नर पदमा नियुक्ति गर्न सकेको छैन ।
  • कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थविद् विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको एक हप्ता बितिसकेको छ ।

 

४ जेठ, काठमाडौं । 

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएको छ । राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले गएको चैत २४ मा अवकाश पाएपछि सरकारले रिक्त गभर्नर पदमा नियुक्ति गर्न सकेको छैन ।कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थविद् विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको एक हप्ता बितिसकेको छ ।

पौडेलले गएको आइतवार नै गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिनुभएको थियो । तर, अहिलेसम्म पनि गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि नबढेको भन्दै कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामाथि आशंका व्यक्त गरेका छन् । हिजो नयाँ बानेश्वरमा बसेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरबारे कुनै धारणा नराखेको नेताहरुले बताएका छन् । सभापति देउवाले बैठकमा पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभयो । पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरुलाई स्मरण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा