आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?

सारांश

  • आज जेठ १५ गते ।
  • राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।
  • निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

१५ जेठ, काठमाडौं ।

आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । यस दिनको सम्झनामा आज जेठ १५ गते बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाएको छ । साथै तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम पनि छ । मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । mनयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
२४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंमा एक वृद्धा मृत फेला
काठमाडौंमा एक वृद्धा मृत फेला
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय