लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु

सारांश

  • सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।
  • आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उहाँ बस्नु भएको कोठाको ढोका फोरेर उहाँलाई उद्धार गरेका थिए ।

१४ जेठ ,लमजुङ  ।

सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उहाँ बस्नु भएको कोठाको ढोका फोरेर उहाँलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते हुनुभएकी उहाँको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?