श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द

सारांश

  • आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।
  • वर्षाका कारण मङ्गलबारका लागि तय भएको पहिलो अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको हो ।
  • नेपाली टोलीले अब बुधबार र शुक्रबार अध्यास खेल खेल्नेछ ।

१८ भदौ , नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ । वर्षाका कारण मङ्गलबारका लागि तय भएको पहिलो अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको हो । नेपाली टोलीले अब बुधबार र शुक्रबार अध्यास खेल खेल्नेछ । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो।  श्रीलङ्का भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ । टोलीमा रोहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ । श्रीलङ्काको अभ्यास पनि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ । https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल