चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
२० पटक हेरिएको
Shares
चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

सारांश

  • मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले शुक्रबार यहाँ पक्राउ गरेको छ ।
  • भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
  • विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

९ कार्तिक, रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले शुक्रबार यहाँ पक्राउ गरेको छ । भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ । मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागी जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो ।

प्रमुखका हैसियतले प्रहरी उपरीक्षक दिलीप घिमिरेको कार्यकालमा जिल्लामा चोरी निकासीसहित अवैध गतिविधि कम भइरहेको भनी सर्वत्र प्रशंसा भइरहेको अवस्थामा अवैध घटनाक्रम दोहोरिन थालेको भनी जिल्लावासीले चिन्ता व्यक्त गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, अरौया, बञ्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर लत्ताकपडा,  खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौलाखालका हातहतियार, पटकालगायत अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी अर्को देशतर्फ सुरक्षित हुनखोज्ने गैरकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रणका लागि दुवैतर्फका जिम्मेवार अधिकारी, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि एवम् स्थानीय जनताका बीच समन्वय, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
जलजला जिप दु*र्घटनामा १७ जनाको मृ*त्यु
जलजला जिप दु*र्घटनामा १७ जनाको मृ*त्यु
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेमाथि कारबाही शुरू
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा